• 97-49914743
  • 981-0553282
  • biotechshivashakti@gmail.com
Shivashakti Biotech
  • Home
  • About Us
    • About Company
    • Members Crew
    • New Project
  • Products
  • Dealers
  • Research
  • Download
  • Contact Us
Sign In
माटोको बारेमा जानकारी राखौ !

माटोको बारेमा जानकारी राखौ !

Shivashakti Biotech BLOG 22 May 2025

बोटबिरुवाहरूको जरा माटोभित्र फैलिएको हुन्छ। जराहरूले माटोलाई समात्ने हुँदा बोटबिरुवा जमिनमाथि अडिन सक्छ। जराद्वारा माटोभित्रबाट बोटबिरुवाले आफनो खाने कुरा प्राप्त गर्दछ। माटोभित्र भएको पानीमा (चिस्यान) विभिन्न खनिज तत्वहरू घुलनशील अवस्थामा रहन्छन्। घुलनशील अवस्थामा रहेका खनिज तत्वहरू बोटाको जराले शोषण गरेर लिन्छ। त्यसकारण माटोको रासायनिक तथा भौतिक बनौट महत्वपूर्ण रहन्छ। माटो विभिन्न किसिमका हुन्छन्। जस्तै :-

१. बलौटे माटो :
बालुवाको मात्रा बढि भएको माटोलाई बलौटे माटो भन्दछन्। धेरैजसो तरकारीबालीहरूको लागि यो माटो राम्रो हुँदैन। यसको खास कारण के हो भने बलौटे माटोले पानी अड्याइराख्न सक्दैन र धेरै पटक सिंचाई
गरिरहनु पर्छ। यस्तो माटोमा पानी पठाउँदा साथ पानी बगेर जमिनको तल्लो भागमा जान्छ। जस्ले गर्दा खनिज तत्वहरू पनि बगाएर लैजाने हुँदा हामीले दिएको मल बोटबिरुवाले पाउँदैन र नोक्सान हुन्छ।
२.बलौटे दुमट माटो:
यस्तो माटोमा बालुवाको मात्रा प्रशस्त हुने भएतापनि यसमा सिल्ट र मसिनो माटोको भाग मिसिएको हुन्छ। यसो भएका खाद्य तत्वहरू पनि बिरुवालाई सजिलैसित उपलब्ध हुन सक्छ। धेरैजसो जरे
तरकारीबालीहरू मुला, गाजर, सलगम, प्याज आदिको लागि यस्ता माटो असल हुन्छ। यस्तो माटोमा गोडमेल गर्न र भारपात हटाउन पनि सजिलो हुन्छ।
३. दुमट माटोः
यस्तो माटोमा बालुवा, सिल्ट र मसिनो माटो मिसिएको हुन्छ। यसले धेरै समयसम्म पानी अड्याइराख्न सक्छ र प्रायः सबै किसिमका खाद्य तत्वहरू बिरुवाले यसबाट पाउँछन्। धेरै जसो तरकारी खेतीको लागि
दुमट माटो उपयुक्त हुन्छ।
४. चिम्ट्याइलो माटो :
यस्तो माटोमा बालुवाको अनुपात थोरै र सिल्टको अनुपात धेरै हुन्छ। यस्तो माटो सुख्खा अवस्थामा धेरै कडा र ठूलोठूलो डल्ला पर्ने, चीरा पर्ने र भिजेको अवस्थामाधेरै चिप्लो र टाँसिने हुन्छ। यस्तो माटोले पानी
धेरै समयसम्म अड्याइराख्न सक्छ।

धानको बीउ कसरी छनोट गर्ने ?

धानको बीउ कसरी छनोट गर्ने ?

Shivashakti Biotech BLOG 22 May 2025
  • पानी र नुन प्रयोग गरेर सहज रुपमा नै बीउ राख्न उपयुक्त धानको छनोट गर्न सकिन्छ, जसका लागि निम्न लिखित प्रक्रिया अपनाउन सकिन्छ :
  • ३ लिटर पानीमा मसिनो धानको लागि ५०० ग्राम र मोटो धानको लागि ६०० ग्राम नुनको मिश्रण तयार पार्ने। आवश्यकता बमोजिम पानी र नुनको मात्रा बढाउन पनि सकिन्छ जसमा पानी र नुनको अनुपात ४:१ राखेर मिश्रण बनाउनुपर्छ।
    शो मिश्रणमा १ केजी बीउ खन्याएर राम्रोसँग घोल्ने। त्यसको २-३ मिनेट बीउलाई तैरिन र थिग्रिन समय दिने।
  • तैरिएका र थिग्रिएका बीउहरुलाई छुट्टाछुट्टै निकालेर फरकफरक ठाउँमा जम्मा गर्ने। यो प्रक्रिया सबै बीउलाई दोहोर्‍याउने। थिग्रिएका बीउ मात्रै ब्याडमा राख्न उपयुुक्त हुन्छन् ।
  • थिग्रिएका बीउलाई सफा पानीले २-३ पटक राम्रोसँग धुने। यदि सोही दिन बीउ नछर्ने भए छायामा सुकाएर राख्न सकिन्छ।
  • छनोट गरेका बीउलाई ढुसीजन्य रोगबाट बचाउन ३ ग्राम प्रति केजी बीउका दरले बेभिस्टिन जस्ता ढुसीनासकले उपचार गर्ने र उपचार गरेको ३-४ दिनपछि ब्याडमा लगाउने।

We are Located in :

Urlabari Municipality-9, Bansbari, Morang Koshi Province

Contact No:
9749914743, 9810553282

Email:
biotechshivashakti@gmail.com
Sales Dipo:

Aama Krishi Farm
Urlbari-9, Bansbari, Morang

We are Located in :

Urlabari Municipality-9, Bansbari, Morang Koshi Province

Contact No:
9749914743, 9810553282

Email:
biotechshivashakti@gmail.com
Sales Dipo:

Aama Krishi Farm
Urlbari-9, Bansbari, Morang

01

98% Local Resources

We use 98% local raw materials in our industry that will create ecological and economical balance within the country

02

High Quality Products

We ensure high quality product that will be the complete substitute of the chemical fertilizer in the agriculture sector.

03

Government Partnership

We deal with government partnersnip for the promotion of local industry, policy guidence, certification and investment support.

  • Home
  • About Us
    • About Company
    • Members Crew
    • New Project
  • Products
  • Dealers
  • Research
  • Download
  • Contact Us